मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसव्दारा ‘छाया सरकार’ गठन ,पूर्वाधार विकास मन्त्रीमा रसुवाका सांसद मोहन आचार्य


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १९, २०८३
  • 190
    SHARES

काठमाडौं – नेपाली काँग्रेसले सरकारका कामकारबाहीलाई प्रभावकारी रूपमा निगरानी गर्ने तथा संसदीय अभ्यासलाई थप सक्रिय बनाउने उद्देश्यसहित ‘छाया सरकार’ गठन गरेको छ। काँग्रेस संसदीय दलले विभिन्न मन्त्रालयका लागि छाया मन्त्री तोकेको हो।

 

 

काँग्रेसले दलका नेता भीष्मराज आङ्देम्बेलाई छाया प्रधानमन्त्रीको जिम्मेवारी दिएको छ। त्यस्तै, रसुवाबाट प्रतिनिधित्व गर्ने सांसद  इन्जिनियर मोहन आचार्यलाई पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी दिइएको छ।

छाया मन्त्रिपरिषद्अन्तर्गत गृह मन्त्रालयको जिम्मेवारी प्रकाश सिंह कार्कीले पाएका छन् भने अर्थ मन्त्रालय नरेन्द्रकुमार केरुङलाई दिइएको छ। परराष्ट्र मन्त्रालयको जिम्मेवारी सुनिलबहादुर थापाले सम्हाल्ने भएका छन्।

यस्तै, शिक्षा तथा खेलकुद मन्त्रालयमा डा. फिर्दोष आलम, स्वास्थ्य तथा खाद्य स्वच्छतामा डा. चन्द्र मोहन यादव, कानुन, न्याय तथा संसदीय मामिलामा खम्मबहादुर खाती तथा रक्षा मन्त्रालयमा खड्ग शाहीलाई जिम्मेवारी दिइएको छ।

सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी मनमाया विश्वकर्माले पाएकी छन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सन्तोष सुब्बा रहेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय योगेश गौचनलाई दिइएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विष्णु बहादुर खड्का, कृषि, वन तथा वातावरण मन्त्रालयमा डा. प्रमीला कुमारी गच्छदार तथा युवा, श्रम तथा रोजगार मन्त्रालयमा गीता गुरुङलाई जिम्मेवारी दिइएको छ।

त्यसै गरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सन्दीप राना, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा डा. गङ्गा लक्ष्मी अवाल तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जनकराज गिरीलाई जिम्मेवारी तोकिएको छ।

नेपाली काँग्रेसले छाया सरकारमार्फत सरकारका गतिविधिमाथि रचनात्मक खबरदारी गर्ने, नीति तथा कार्यक्रमबारे वैकल्पिक धारणा प्रस्तुत गर्ने र संसदीय भूमिकालाई थप प्रभावकारी बनाउने जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)