शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १९, २०८३
  • 117
    SHARES

काठमाडौं-   राष्ट्रिय सभाको आजको बैठक विपक्षी दलको अवरोधका कारण स्थगित भएको छ । लगातार विरोध भएपछि बैठक सञ्चालन हुन नसकेपछि अध्यक्ष नारायणप्रसाद दाहालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको घोषणा गरेका हुन् । पछि उनले भोलि दिउँसो सवा १२ बजेसम्मका लागि बैठक सारिएको जानकारी दिए ।

बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आसनबाट उठेर विरोध जनाएका थिए । उनीहरूले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी भनाइलाई लिएर आपत्ति जनाउँदै त्यसलाई फिर्ता लिनुपर्ने माग गरेका थिए ।

 

विपक्षी दलका सांसदहरूले उक्त अभिव्यक्ति गैरजिम्मेवार भएको दाबी गर्दै संसदमा छलफलका क्रममा सच्याउनुपर्ने अडान राखेका थिए । उनीहरूको नाराबाजी र अवरोधपछि बैठकमा कार्यसूची अघि बढ्न सकेन ।

लगातारको अवरोधका बीच पनि अध्यक्ष दाहालले सांसदहरूलाई बोल्ने अवसर दिए पनि विरोध जारी रहेपछि बैठक स्थगित गर्नुपरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)