मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती मन्त्रीपरिषद् बैठकः अपाङ्ग प्रादेशिक नीति २०८३ स्वीकृत


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २२, २०८३
  • 136
    SHARES

मकवानपुर-  बागमती प्रदेश सरकारले अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गरेको छ ।

विहिवार बसेको मन्त्रीपरिषद् बैठकले सो नीति स्वीकृत गरेको हो । उक्त बैठकले प्रदेशको विभिन्न जिल्लामा ‘र्‍यापटिङ’ स्कुल सञ्चालन गर्न सैद्धान्तिक स्वीकृत दिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो ।

 

बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्अन्तर्गत रहेका निजामती कर्मचारीतर्फको स्वास्थ्य क्षेत्रका दुई उपसचिवहरू सागरप्रसाद घिमिरे र शतिस विष्टलाई बढुवा गर्ने निर्णय गरिएको प्रवक्ता मन्त्री तामाङले जानकारी दिनुभयो ।

आव २०८३/८४ को दोस्रो सातादेखि विभिन्न मन्त्रालय अन्तर्गतका कुल २०१ वटा कार्यालयलाई एकीकृत गरेर १९१ वटा कार्यालमा सीमित गर्ने निर्णय गरेको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)