मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दोस्रो लाङटाङ ट्रेल रन सुरु


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ २३, २०८३
  • 141
    SHARES

रसुवा –  नेपालको हिमाली पर्यटन प्रवर्द्धन तथा लाङटाङ क्षेत्रलाई अन्तर्राष्ट्रिय ट्रेल रनिङ गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन २०२६ सुरु भएको छ ।

 

 

रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद् र नेपाल पर्यटन बोर्डको विशेष सहयोगमा यो साहसिक दौड प्रतियोगिता सञ्चालन गरिएको हो ।

शनिवार प्रसिद्ध पर्यटकीय स्थल क्यान्जिन गुम्बाबाट सुरु गरिएको दौड प्रतियोगिता रसुवाकै स्याफ्रुबेँसीमा पुगेर समापन हुनेछ ।

समुद्री सतहबाट करिब ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको क्यान्जिन गुम्बाबाट सुरु भएको प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी १०६ जना धावक सहभागी छन्। सहभागीमध्ये १८ जना महिला र ८८ जना पुरुष रहेका छन्।

हिमाली क्षेत्रको चुनौतीपूर्ण भूगोल र प्राकृतिक सौन्दर्यका बिच भइरहेको यस प्रतियोगिताले लाङटाङलाई पदयात्रा (ट्रेकिङ) को अलावा साहसिक खेल पर्यटनका लागि समेत अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने विश्वास आयोजकको छ ।

हिमाल, हिमनदी र विशिष्ट प्राकृतिक बनोटका कारण विश्वभरका पर्यटकको रोजाइमा पर्ने लाङटाङको प्रवर्द्धनका लागि यो प्रतियोगिता निकै महत्त्वपूर्ण मानिएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ७५ हजार रुपैयाँ, तेस्रो हुनेले ५० हजार रुपैयाँ, चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौँ हुनेले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

बागमती प्रदेशकै प्रमुख हिमाली पर्यटन गन्तव्यका रूपमा परिचित लाङटाङ क्षेत्र हिमाल, हिमनदी, जैविक विविधता तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिन्छ। क्यान्जिन भ्यालीबाट सुरु गरिएको यो प्रतियोगिताले लाङटाङलाई पदयात्राका लागि मात्र नभई ट्रेल रनिङ तथा म्याराथनका लागि पनि उत्कृष्ट गन्तव्यका रूपमा चिनाउन महत्त्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, योजना तथा आर्थिक मामिला मन्त्री प्रभात तामाङ, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ तथा पर्यटन सचिव दीपेन्द्र सुवेदीको उपस्थितिमा गरिएको थियो।

प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय स्तरका खेलाडी तथा पर्यटकलाई आकर्षित गर्दै नेपालको हिमाली क्षेत्रको सम्भावनालाई विश्वसामु परिचित गराउने लक्ष्य पनि राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)