सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मिलन र अन्जुलीले जिते लाङटाङ ट्रेल रन


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ २३, २०८३
  • 138
    SHARES

रसुवा  –  रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा शनिबार सम्पन्न लाङ्टाङ ट्रेल रन: पुरुषतर्फ सोलुखुम्बुका मिलन र महिलातर्फ काठमाडौंकी अञ्जली प्रथम भएका छन् ।

 

 

‘लाङ्टाङ ट्रेल रन’ (दोस्रो संस्करण) अन्तर्गत लाङ्टाङको क्याङजिनबाट सुरु भएको ३२ किलोमिटर दूरीको उक्त दौड प्रतियोगितामा २ घण्टा १६ मिनेट ४३ सेकेन्ड दूरी पूरा गरी सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ का मिलन कुलुङ राई प्रथम भएका छन्। २ घण्टा १८ मिनेट ४७ सेकेन्ड दूरी पूरा गरी जुम्ला जिल्ला कनसुन्दरी गाउँपालिका–१ का धीरबहादुर बुढा दोस्रो भएका छन्। तेस्रो हुनेमा पाँचथर जिल्ला फिदिम नगरपालिका–१४ का विसाल राईले उक्त दूरी २ घण्टा २० मिनेट २ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हासिल गरेका छन्।
महिलातर्फ ४ घण्टा ४५ मिनेट ३ सेकेन्डमा काठमाडौँ दक्षिणकाली नगरपालिका–९ की अञ्जली गुरुङ प्रथम भएकी छन्। नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका–७ की सुरक्षा तामाङ ४ घण्टा ५९ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भएकी छन्। अस्ट्रियाकी अन्ना लेनाले ५ घण्टा ९ मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरेकी छन्। ट्रेल रनमा विजेता धावकहरू महिला तथा पुरुष दुवैतर्फ क्रमश: प्रथम, दोस्रो र तेस्रो हुनेले १ लाख, ७५ हजार र ५० हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्न सफल भएका छन्। चौथो र पाँचौँ हुने खेलाडीलाई दुवैतर्फ सान्त्वना स्वरूप क्रमश: नगद २५ हजार र १५ हजार रुपैयाँ, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ।
खेलकुदमार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको ‘लाङ्टाङ ट्रेल रन’ प्रतियोगिताको आयोजना गरिएको रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले क्याङजिन पुगेर ‘लाङ्टाङ ट्रेल रन’ प्रतियोगिताको उद्घाटन गरेका हुन्। ट्रेल रनका लागि विदेशीसहित १०० भन्दा बढी धावकहरू सहभागी भएको रसुवा–नुवाकोट पर्यटन समाजका वरिष्ठ उपाध्यक्ष शिव लामिछानेले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)