मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक


  • माउन्टेन खबर
  • शुक्रबार, असार १९, २०८३
  • 70
    SHARES

काठमाडौँ –  नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले शुक्रबार इतर समूहको बैठक बोलाएका छन् ।

निवर्तमान कार्यवाहक सभापति समेत रहेका खड्काले दिउँसो २ बजे गल्फुटारस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन् ।

बैठकमा इतर पक्षको राष्ट्रिय भेलाको मितिबारे छलफल हुने बताइएको छ । यसअघि इतर पक्षले सात वटै प्रदेशमा प्रदेश स्तरीय भेला गरिसकेको छ ।

खड्का निवासको बैठकमा खड्कासहित नेताहरू कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक लगायत उपस्थित हुनेछन् ।

यसअघि बिहीबार नेता निधिको निवासमा निधि, डा.कोइराला र सिंहबीच छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)