मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै


  • माउन्टेन खबर
  • सोमवार, असार २२, २०८३
  • 79
    SHARES

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पदभार सम्हालेपछि पहिलोपटक कुनै विदेशी प्रतिनिधिसँग एकान्तमा औपचारिक भेटवार्ता गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच आगामी मंगलबार बिहान १०:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै भेटवार्ता हुने तय भएको छ।

कान्दा नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।  भ्रमणका क्रममा नेपाल र एडीबीबीचको विकास साझेदारी, पूर्वाधार निर्माण तथा आर्थिक सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहले यसअघि कुनै पनि विदेशी प्रतिनिधिसँग एकान्त भेट गरेका थिएनन्। विशेषगरी राजनीतिक उद्देश्यले नेपाल आएका विदेशी प्रतिनिधिलाई भेट्ने जिम्मेवारी उनले परराष्ट्र मन्त्रालयलाई नै दिँदै आएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)