मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सभामुखको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको काँग्रेसको आरोप


  • माउन्टेन खबर
  • सोमवार, असार २९, २०८३
  • 56
    SHARES

काठमाडौं-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाउनुभएको छ।

सोमबार सिंहदरबारमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले सभामुखले विपक्षी दलहरूको धारणा र मनोभाव ‘नाडी छाम्ने’ प्रयास गर्न नहुने बताउनुभयो। सभामुख कुनै पनि राजनीतिक दलको प्रतिनिधि नभई समग्र संसदको अभिभावक भएकाले आफ्नो संवैधानिक भूमिका र जिम्मेवारीअनुसार निष्पक्ष ढंगले अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

संसदमा कुनै विषयमा प्रतिपक्षले विरोध जनाउँदा सबै विपक्षी दलको तर्फबाट एउटै प्रतिनिधिलाई मात्र बोल्न दिने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले प्रत्येक दलले आफ्नो धारणा राख्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने बताउनुभयो।

आङ्देम्बेले सत्तापक्षका तर्फबाट पटक–पटक विवादास्पद अभिव्यक्ति आइरहे पनि प्रतिपक्षले संसदको दैनिक कार्यसूची सञ्चालनमा सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। प्रतिपक्षको उक्त सहयोगलाई कमजोरीका रूपमा नभई मुलुकको हितलाई केन्द्रमा राखेर गरिएको जिम्मेवार व्यवहारका रूपमा बुझ्न उहाँले आग्रह गर्नुभयो।

उहाँले सत्तापक्षले विपक्षी दलसँग आवश्यक समन्वय नगर्दा संसदमा अनावश्यक विवाद र अवरोध सिर्जना भइरहेको पनि बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)