काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका छन्।
मंगलबार बिहान ११ बजेबाट सुरु भएको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाह दिउँसो करिब पौने २ बजे उपस्थित भएका हुन्।
प्रधानमन्त्री शाहको संसद् उपस्थितिलाई लिएर सांसदहरूको चासो बढिरहेका बेला उनी बैठक चलिरहेकै समयमा संसद् भवन पुगेका हुन्।
