बिहिबार, साउन २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसको १५ औँ महाधिवेशनः असोज १६–१९ को मिति यथावत

तल्लो तहको कार्यतालिकामा केही हेरफेर हुनसक्ने


  • माउन्टेन खबर
  • बिहिबार, साउन २८, २०८३
  • 39
    SHARES

काठमाडाैँ –  नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका लागि प्रश्तावित पूर्वनिर्धारित मितिलाई कायम राख्दै तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा केही परिमार्जन गर्ने विषयमा छलफल शुरु भएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले सो जानकारी दिनुभएको हो । महामन्त्री पौडेलकाअनुसार आगामी असोज १६, १७, १८ र १९ गतेका लागि तय गरिएको केन्द्रिय महाधिवेशनको मिति परिवर्तन नहुने गरी त्यसभन्दा तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा सामान्य हेरफेर गर्नेबारे बैठकमा छलफल भइरहेको छ ।

बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणको विषयले पनि प्राथमिकता पाएको छ । यसअघि ७७ वटै जिल्लामा खटाइएका केन्द्रिय प्रतिनिधिहरूले सदस्यता अद्यावधिक र वितरणका क्रममा देखिएका वस्तुगत स्थिति तथा समस्याहरूबारे आफ्नो धारणा र सुझाव राखिरहनुभएको छ ।

महामन्त्री पौडेलले भन्नुभयो, ‘सदस्यता वितरण र अद्यावधिकको मुख्य कार्य सम्पन्न भइसकेको छ । अहिले सदस्यता सूचीमा सच्याउनुपर्ने प्राविधिक पक्ष, समावेश गर्न छुटेका विवरण र अन्य सांगठनिक विषयमा बैठक केन्द्रित छ ।’

बैठकमा महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यताका अतिरिक्त कार्यसूचीमा समावेश गरिएका अन्य समसामयिक विषयमा पनि केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)