शुक्रबार, साउन २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसमा सुदृढ एकता र युवा नेतृत्व अपरिहार्य: विश्वप्रकाश शर्मा


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २९, २०८३
  • 41
    SHARES

काठमाडौँ-  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र समृद्धिको यात्रालाई गति दिन पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको बताएका छन्।

 

 

शुक्रवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको मुख्य आवश्यकता भएको उल्लेख गरे। पार्टीभित्र देखिएका प्रतिकूलता र भिन्न मतका बीच पनि सबैलाई समेटेर एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो। विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढताकै जगमा आगामी दिनमा कांग्रेस अझ बलियो भएर जाने विश्वास व्यक्त गर्दै उनले व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठा सधैँ माथि हुने बताए।

गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकलाई सदर गर्दै रिट खारेज गरेको प्रसंग उठाउँदै शर्माले यसलाई कसैको हार वा जितको रूपमा हेर्न नहुने बताए। अदालतको फैसला आएको ४८ घण्टाभित्रै नेतृत्वले संवादको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले पार्टीभित्रको आन्तरिक विषय भएकाले संयम र परिपक्वता अपनाउँदै जेठ १६ गते तयार पारिएको सातबुँदे प्रस्ताव जेठ ३१ गते सार्वजनिक गरिएको प्रसंग स्मरण गराए।

उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व (गगन थापा) को सक्षम नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू पूर्ण दृढ रहेको उल्लेख गरे। राजनीतिक विषयहरू मूलतः राजनीतिक ढङ्गले नै हल हुने भए पनि कहिलेकाहीँ कानुनी निरूपण आवश्यक हुने बताउँदै उनले ती सबै प्रक्रियालाई पार्टीको विधान, संविधान र इतिहासको निरन्तरताको जगमा सम्बोधन गरिने प्रष्ट पारे।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)