मङ्लबार, भदौ ९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमतिमा एमाले, नेकपा र राप्रपाबिच सत्ता सञ्चालनका लागि ६ बुँदे सहमति


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ९, २०८३
  • 51
    SHARES

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरसहित नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सत्ता सञ्चालनका लागि ६ बुँदे सहमति भएको छ।

 

 

 

सहमतिको पहिलो बुँदामा समृद्ध बागमती प्रदेश निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको छ।

दोस्रो बुँदामा प्रदेशमा ८ वटाभन्दा बढी मन्त्रालय नबनाउने गरी मन्त्रालयको भागबन्डा गर्ने र सभामुख नेकपाबाट निर्वाचित गर्ने सहमति भएको छ।

त्यस्तै, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गर्ने सहमति भएको छ। उक्त कार्यक्रम ७ दिनभित्र तयार गर्न ७ सदस्यीय समिति गठन गरिएको छ।

चौथो बुँदामा सरकार सञ्चालनका लागि संयन्त्र बनाउने र सुरुवातमा उक्त संयन्त्रको नेतृत्व नेकपाले गर्ने उल्लेख छ।

पाँचौँ बुँदामा मन्त्रिपरिषद्लाई महिला सहभागितासहित समावेशी बनाउने सहमति गरिएको छ। छैटौँ बुँदामा मन्त्रिपरिषद्को मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपा र त्यसपछि राप्रपा रहने सहमति भएको छ।

राप्रपाभित्र विवादकाबीच बागमती प्रदेशमा नयाँ सरकार गठन भएको थियो। सत्ता साझेदार तीन दलबीच भएको यो सहमतिले सरकार सञ्चालनको आधार तय गर्ने अपेक्षा गरिएको छ।

यसैबीच, मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावसमेत पेस गरेका छन्। उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको सरकारका प्रमुखका रूपमा धारा १६८ को उपधारा (४) अनुसार विश्वासको मत लिन प्रस्ताव पेस गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)