बुधबार, भदौ १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फोहर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ९, २०८३
  • 60
    SHARES

काठमाडौँ –  काठमाडौँ उपत्यका मेयर्स फोरमले फोहर व्यवस्थापनलगायतका समसामयिक विषयमा प्रधानमन्त्री वालेन्द्र साह बालेनको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। फोरमको मङ्गलबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको फोरमका अध्यक्ष चिरीबाबु महर्जनले जानकारी दिएका छन्।

 

प्रधानमन्त्रीसँग जतिसक्दो चाँडो भेटघाटको समय मिलाएर उपत्यकाको फोहर व्यवस्थापन, सडकबत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार तथा फोहर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनलगायतका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरिएको हो।

त्यस्तै, बैठकले गत भदौ ५ गते सिंहदरबारमा भएको फोहर व्यवस्थापनसम्बन्धी बैठकका क्रममा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले गरेको व्यवहारप्रति घोर आपत्ति जनाएको छ। काठमाडौँ उपत्यकाभित्र रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको सञ्जालका रूपमा रहेको यस फोरमले उपत्यकाको फोहर व्यवस्थापनका विषयमा यसअघि पनि पटक–पटक छलफल गर्दै आएको जनाएको छ।

प्रधानमन्त्री साह काठमाडौँ महानगरपालिकाको प्रमुख रहेका समयदेखि नै तत्कालीन सरकार र नेप वेस्टबीच उपत्यकाको फोहर व्यवस्थापनका लागि भएको सम्झौता कार्यान्वयन गर्न वा सम्झौता खारेज गरी फोहर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि मार्ग प्रशस्त गर्न फोरमले माग गर्दै आएको छ। फोरमका अध्यक्ष चिरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उपत्यकाभित्रको फोहर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय रहेको उल्लेख गरिएको छ। उपत्यकाको फोहर व्यवस्थापन समस्या दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय सरकार सधैँ प्रतिबद्ध रहेको पनि फोरमले स्पष्ट पारेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)