बुधबार, भदौ १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन


  • माउन्टेन खबर
  • बुधबार, भदौ १०, २०८३
  • 15
    SHARES

काठमाडौं –  रसुवामा बुधबार बिहान आएको भीषण बाढीबाट भएको क्षति, उद्धार तथा राहत कार्यबारे छलफल गर्न प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सम्पन्न भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे सम्बन्धित निकायले ब्रिफिङ गरेका थिए।

बैठकमा बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले विपद्को यस घडीमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहतलाई प्राथमिकतामा राखेर आवश्यक कदम चाल्न सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री शाहले बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा आ–आफ्नो ठाउँबाट सक्रिय रूपमा खटिन सबैलाई अनुरोधसमेत गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)