बुधबार, भदौ १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय विपद्को घोषणा गरी उद्धार तथा राहतका कामलाई तीव्रता दिन सांसद आचार्यको माग


  • माउन्टेन खबर
  • बुधबार, भदौ १०, २०८३
  • 50
    SHARES

काठमाडौं-  नेपाली कांग्रेसका सांसद मोहन आचार्यले भोटेकोशी खोलामा आएको बाढीबाट रसुवागढीदेखि तलको तटीय क्षेत्रमा ठूलो क्षति भएको भन्दै सरकारलाई तत्काल उद्धार तथा राहतमा जुट्न आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आचार्यले बाढीले तटीय क्षेत्रमा रहेका बस्ती, पक्की पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको बताए। उनले प्रारम्भिक विवरणअनुसार ठूलो मानवीय क्षति भएको जानकारी आएको उल्लेख गरे।

आचार्यले यस किसिमको विपत्ति यसअघि विरलै भएको भन्दै सरकारले राष्ट्रिय विपद्को घोषणा गरी उद्धार तथा राहतका कामलाई तीव्रता दिनुपर्ने बताए।

उनले बाढीका कारण सडक सञ्जालसमेत विच्छेद भएकाले प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टरको विकल्प नरहेको बताए। उपलब्ध सबै हेलिकप्टर तत्काल रसुवा पठाएर उद्धारको काम अघि बढाउन उनले सरकारसँग आग्रह गरे।

‘उद्धार गर्नुपर्ने मानिसको संख्या ठूलो छ। मानिसहरू उद्धारका लागि हाहाकार गरिरहेका छन्,’उनले भने, ‘सडक सञ्जाल विच्छेद भएकाले हेलिकप्टरबाहेक उद्धार सम्भव छैन।’

उनले जतिसक्दो छिटो बाढी प्रभावितको उद्धार, घाइतेको उपचार तथा राहतका लागि आवश्यक सम्पूर्ण प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद आचार्यले तिब्बती क्षेत्रमा हिमताल फुटेपछि उत्पन्न परिस्थितिबारे पनि नेपाल सरकारले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने बताए। उनले पछिल्लो विपद् गत वर्षको घटनाभन्दा ठूलो हुनसक्ने भन्दै तिब्बती क्षेत्रमा रहेका हिमताल तथा ग्लेसियर लेकहरूको अवस्थाबारे जानकारी लिन सरकारलाई आग्रह गरे।

भविष्यमा यस्ता विपद्बाट नेपालमा हुनसक्ने क्षति न्यूनीकरण गर्न छिमेकी तथा मित्रराष्ट्रसँग कूटनीतिक पहलमार्फत समन्वय गर्नुपर्ने उनको भनाइ छ।

आचार्यले हिमताल तथा ग्लेसियर लेकको जोखिमबारे सम्बन्धित देशसँग संवाद गरी पूर्वसूचना तथा विपद् व्यवस्थापनका लागि आवश्यक पहल गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।

https://www.facebook.com/share/v/1DSCmQTd3T/

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)