बुधबार, भदौ १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध


  • माउन्टेन खबर
  • बुधबार, भदौ १०, २०८३
  • 37
    SHARES

काठमाडौं – रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनसँगै विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा समेत उल्लेख्य क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ए, त्रिशूली–३ बी, २२० केभी सबस्टेशन, त्रिशूली तथा देविघाट जलविद्युत् केन्द्र र विभिन्न वितरण संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। संरचनामा क्षति पुगेपछि उक्त क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।

बाढीका कारण बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित भई सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ।

बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र अन्य जोखिमयुक्त स्थानमा रहेका प्राधिकरणका कर्मचारी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र थप जोखिम देखिए सुरक्षित स्थानमा स्थानान्तरण हुन प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले विद्युत् आपूर्ति नियमित गर्न हरसम्भव प्रयास भइरहेको जनाएको छ। आपूर्ति नियमित नहुँदासम्म धैर्य गर्न आग्रह गर्दै प्राधिकरणले आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्नसमेत सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)