बुधबार, भदौ १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह


  • माउन्टेन खबर
  • बुधबार, भदौ १०, २०८३
  • 47
    SHARES

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।

राष्ट्रपति पौडेलले बाढीबाट भएको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताउँदै विपद्को यस घडीमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकायलगायत सम्पूर्ण सम्बन्धित निकाय र आम नागरिकलाई आह्वान गर्नुभएको छ।

उहाँले बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित रहन आग्रह गर्नुभएको छ। साथै, आवश्यक समन्वय र सहयोगमार्फत विपद् प्रभावितको उद्धार तथा राहतमा जुट्न पनि उहाँले सबैमा अपिल गर्नुभएको छ।

भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेको छ। बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले सम्बन्धित निकायले सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै आएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)