बिहिबार, भदौ ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ११, २०८३
  • 41
    SHARES

काठमाडौँ – भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको छ।

 

 

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेललाई भारतले उक्त राहत सामग्री हस्तान्तरण गरेको हो। भारतका अनुसार ती सामग्री विनाशकारी आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपालको उद्धार तथा राहत प्रयासमा सहयोग पुर्‍याउनेछन्।

भारतले थप राहत सामग्री बिहीबार नेपाल आइपुग्ने जनाएको छ।

भारतले कठिन परिस्थितिमा नेपाल र नेपाली जनताको साथमा रहेको जनाएको छ। भारतले आफ्नो सहयोगलाई ‘फर्स्ट रेस्पोन्डर’ तथा ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गतको सहयोगका रूपमा प्रस्तुत गरेको छ।

भारतको विदेश मन्त्रालय, नेपालस्थित भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका आधिकारिक प्रतिनिधिहरूलाई समेत उक्त जानकारीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)