बिहिबार, भदौ ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा विपद् बारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ११, २०८३
  • 25
    SHARES

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक शुरु भएको छ ।

 

 

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहीवार बिहानदेखि बैठक जारी रहेको हो । बैठकमा पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायतका शिर्ष नेताहरूको उपस्थिति रहेको छ ।

बुधवार बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सोही सन्दर्भमा छलफल गर्न यो बैठक डाकिएको हो । बाढीमा परी हालसम्म १ सय ६५ जनाको शव फेला परेको छ भने ८ सयभन्दा बढी नागरिक अझै बेपत्ता छन् । बेपत्ताहरूको खोजी कार्य जारी रहेकै अवस्थामा राजनीतिक दलहरूबीच साझा धारणा बनाउन र उद्धार तथा राहतलाई प्रभावकारी बनाउन नेताहरू छलफलमा जुटेका हुन् । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)