शुक्रबार, भदौ १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाढी तथा पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवा पुनः सडक सञ्जालसँग जोडियो


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ १२, २०८३
  • 49
    SHARES

काठमाडौं-  काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ ।

 

 

 

सडकखण्ड सुचारु भएसँगै बाढी तथा पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवा पुनः सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्चालनमा आएपछि रसुवा आवतजावत गर्ने सर्वसाधारण तथा अत्यावश्यक सामग्री ढुवानीमा सहजता हुने अपेक्षा गरिएको छ ।

हाल उक्त सडकखण्डमा ४ चक्के साना सवारीसाधन मात्र सञ्चालन गर्न मिल्ने अवस्था रहेको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङवो घलेले बताए । सडकको अवस्था हेरी सवारीसाधन सञ्चालन गर्न तथा सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)