शनिबार, भदौ १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी


  • माउन्टेन खबर
  • शनिबार, भदौ १३, २०८३
  • 52
    SHARES

काठमाडौँ – भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा लेदो र दलदलका कारण खोजी कार्य कठिन बन्दै गएको छ भने अस्पतालहरूमा शवको चाप बढेपछि व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ ।

 

 

उद्धारका लागि आवश्यक पर्ने विशेष उपकरण, फरेन्सिक विज्ञ तथा शव सुरक्षित राख्न ‘रेफ्रिजरेटिङ कन्टेनर’को अभाव खट्किएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै बाढीको लेदोमा खोजी कार्य प्रभावकारी बनाउन विशेष बुट, १० वटा वायरलेस ट्र्याकिङ डिभाइस र १०० केजीसम्म भार बोक्न सक्ने ‘ट्रान्सपोर्टेसन ड्रोन’ तत्काल आवश्यक रहेको बताउनु भयो । घटनास्थलहरू दलदलयुक्त भएकाले सामान्य तरिकाले खोजी र सामग्री ढुवानी गर्न समस्या भएको उनले स्पष्ट पार्नुभयो ।

उता काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ), पोखरा र चितवनका अस्पतालहरूमा शवको चाप अत्यधिक बढेपछि सुरक्षित भण्डारणको चुनौती थपिएको छ । शवहरू बिग्रिन नदिन ‘रेफ्रिजरेटर कन्टेनर’ तत्काल आवश्यक परेको उल्लेख गर्नुभयो ।
प्रवक्ता काफ्लेले भन्नुभयो, ‘शव बिग्रिन नदिनका लागि रेफ्रिजरेटिङ कन्टेनर धेरै जरुरी भएको छ, यस विषयमा हामीले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) सँग पहल गरिरहेका छौँ ।’

प्रभावित जिल्लाहरूमा फरेन्सिक चिकित्सकहरूको आवश्यकता बढेको प्रहरीले जनाएको छ । लामो समयसम्म पहिचान खुल्न नसकेका शवहरूको हकमा भने सरकारले हालै स्वीकृत गरेको नयाँ कार्यविधिअनुसार फरेन्सिक नमूना संकलन गरी सुरक्षित राख्दै व्यवस्थापनको प्रक्रिया अघि बढाइने डिआइजी काफ्लेले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)