धादिङ – धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सडक भासिएर जोखिम बढेपछि भदौ १४ गते बिहानदेखि हाललाई दुवैतर्फका सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको हो।
सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रु तथा सवारी चालकलाई उक्त सडकखण्डमा आवतजावत नगर्न प्रहरीले अनुरोध गरेको छ। सडक मर्मत तथा सुरक्षित रूपमा सञ्चालनमा ल्याउने सम्बन्धमा सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाउने जनाइएको छ।
सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौं, चितवन तथा अन्य जिल्लातर्फ आवतजावत गर्ने यात्रु प्रभावित भएका छन्।
फोटो- केशब अधिकारीको फेसबुकबाट
