सोमवार, भदौ १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री


  • माउन्टेन खबर
  • सोमवार, भदौ १५, २०८३
  • 36
    SHARES

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन् ।

 

 

उनले केही बेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गरेका थिए । प्रधामन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री शाहले हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएका थिए ।

सचिवालयका अनुसार प्रधानमन्त्री शाहले अब केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिँदै छन् ।

यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने सचिवालयले जनाएको छ ।

अहिले प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकायका २० हजार बढी सुरक्षाकर्मी परिचालित छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)