सोमवार, भदौ १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेस संसदीय दलको बैठक जारी


  • माउन्टेन खबर
  • सोमवार, भदौ १५, २०८३
  • 41
    SHARES

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलले रसुवामा आएको विनाशकारी बाढीपछि जारी उद्धार तथा राहत कार्यको अवस्थाबारे छलफल गर्न बैठक बोलाएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले गरिरहेको कामबारे समीक्षा भइरहेको छ।

कांग्रेसले बाढीपछि प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकार चुकेको आरोप लगाउँदै आएको छ।

बैठकमा सरकारको विपद् व्यवस्थापनको तयारी, प्रभावित क्षेत्रमा देखिएका समस्या र तत्काल चाल्नुपर्ने कदमबारे पनि छलफल हुने बताइएको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे र प्रमुख सचेतक वासना थापाले बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षण गरेर फर्किएपछि संसदीय दलको बैठक बोलाइएको हो। निरीक्षणका क्रममा देखिएका अवस्थाबारे पनि बैठकमा जानकारी गराइनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)