शुक्रबार, अशोज २, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणमा किएभमा १२ जना घाइते


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २, २०८३
  • 37
    SHARES

युक्रेनको राजधानी किएभमा बिहीवार भएको भनिएको रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना बालबालिका रहेको किएभका मेयर भिताली क्लित्स्कोले बताउनुभएको छ ।

 

 

 

क्लित्स्कोका अनुसार घाइतेमध्ये नौ जनाको अस्पतालमा उपचार भइरहेको छ । उहाँले टेलिग्राममार्फत घटनाबारे जानकारी दिनुभएको हो । आक्रमणका कारण किएभका द्निप्रोभ्स्की, स्व्यातोशिन्स्की र सोलोम्यान्स्की जिल्लामा नागरिक पूर्वाधारमा क्षति पुगेको क्लित्स्कोले बताउनु भयो ।

क्षतिग्रस्त संरचनामा एउटा कार्यालय भवन, आवासीय संरचना, गोदाम तथा पेट्रोल पम्पसमेत रहेको उहाँले जानकारी दिनुभयो । घटनाबारे रुसले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)