सोमवार, अशोज १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी


  • माउन्टेन खबर
  • सोमवार, अशोज १२, २०८३
  • 31
    SHARES

चितवन । पूर्वी नवलपरासीको गैँडाकोट–२ स्थित बोटे टोलबाट बगेको होटल रिभर क्राउनको क्रुज नारायणी पुलमा अड्किएपछि त्यसलाई निकाल्ने प्रयास भइरहेको छ।

आइतवार साँझ नारायणी नदीमा आएको बाढीले बगाएको क्रुज पुलको नवलपरासीतर्फको पहिलो पिल्लर र जमिनको भागमा अड्किएको हो।

 

अड्किएको क्रुज निकाल्न चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सडक विभागको टोली परिचालन भएको छ।

सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार क्रुज निकाल्न आवश्यक प्राविधिक तथा अन्य तयारी भइरहेको छ। टोलीले क्रुजलाई सुरक्षित रूपमा निकाल्ने प्रयास जारी राखेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)