शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

धनुषामा उम्मेदवारको बुवामाथि धारिलो हतियार प्रहार


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २२, २०७९
  • 464
    SHARES

२२ बैशाख, काठमाडौं । धनुषाको कमला नगरपालिका–१ का वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका सर्वदेव यादवका बुवामाथि धारिलो हतियार प्रहार भएको छ । आफ्नै घरमा सुतिरहेका उम्मेदवार यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि गए राति धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)