शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनामुक्त बन्यो मधेस प्रदेश: ८२ प्रतिशतले लगाए पूर्ण खोप


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २३, २०७९
  • 551
    SHARES

२३ बैशाख, काठमाडौं । मधेस प्रदेश कोरोना सङ्क्रमण मुक्त प्रदेश बनेको छ । मधेस प्रदेशका आठवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश सङ्क्रमणमुक्त बनेको हो ।

कोरोना महामारी सुरुआत भएयता प्रदेशमा हालसम्म ४१ हजार ४१७ सङ्क्रमित भएकोमा ४० हजार ३५५ निको भएर घर फर्किएको मधेस प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाले जनाएको छ । सङ्क्रमणकै कारण प्रदेशमा एक हजार ६२ को मृत्यु भएको स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो ।

सङ्क्रमणकै कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१ , सिरहामा १३५ , धनुषामा १३२ , पर्सामा १३२ , रौतहटमा १२९ , सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ ।

यस्तै प्रदेशमा करिब ८२ प्रतिशतले कोेभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएका छन् । सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड अनिवार्य गरेको र खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण कोभिड–१९ विरुद्धको खोप लगाउने दर बढ्ेको निर्देशक झाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)