काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारत्त ४५ दिने कोरोना संक्रमित शिशुको मृत्यु भएको छ। नेपालमा अहिलेसम्म ज्यान गुमाएकाहरू मध्ये सबैभन्दा कम उमेरका संक्रमित हुन्।
ती शिशुमा कोरोनाभाइरसको संक्रमण थियो। त्रिवि शिक्षण अस्पतालका निर्देशक रोहित पोखरेलका अनुसार बुधबार साँझ श्वासप्रश्वासमा समस्या भएपछि शिशुको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ।
