बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन जेठ १० गते बोलाइयो


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ६, २०७९
  • 646
    SHARES

६ जेठ, काठमाडौं । कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन यही जेठ १० गते दिउँसो २ बजे बोलाइएको छ ।

कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ (१) बमोजिम अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जेठ १० गते प्रदेशसभा अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सविधानमा प्रदेशसभाको अधिवेशन प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले आह्वान गर्ने व्यवस्था छ ।

प्रदेशसभाको नवौँ अधिवेशन गत वैशाख २१ गते अन्त्य भएको थियो । १०औँ अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)