सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

यति एरलाइन्स र तारा एरलाइन्सको प्रमुख कार्यकारी अधिकृतमा अनोज रिमाल ४ बर्षका लागी नियुक्त


  • माउन्टेन खबर
  • बिहिबार, साउन १, २०७७
  • 962
    SHARES

काठमाण्डौं। यति एरलाइन्स र तारा एरलाइन्सको प्रमुख कार्यकारी अधिकृतमा अनोज रिमाल नियुक्त हुनु भएको छ।

विगत २६ वर्ष देखि हवाई उड्डयन क्षेत्रमा कार्यरत अनोज रिमाललाई यति ग्रुप अफ कंम्पनिले ४ बर्षका लागी नियुक्त गरेको हो ।

व्यबस्थापनमा स्नातककोत्तर (एम. वि .ए )गर्नु भएका रिमाल यस अघि यति ग्रुप अफ कंम्पनिको समूह निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो।

सन् १९९८ मा स्थापित यति एयरलाईन्स नेपालको निजी विमानसेवा कम्पनी हो । तारा एरलाइन्स भने यतिकै भगिनी संस्था हो।

यति एयरलाइन्सले काठमाडौं, भैरहवा, पोखरा, जनकपुर, भरतपुर, नेपालगञ्ज, तुम्लिङ्टार, भद्रपुर, विराटनगर र पर्वतिय उडान भर्दै आएको छ ।
यतिले हाल  १० वटा विमान मार्फत उडान भर्दै आएको  छ। यति संग हाल ५ वटा एटीआर र ५ वटा जेट स्ट्रिम विमान छ।


त्यस्तै तारा एयरले नेपालको दुर्गम भागमा उडान गर्ने गर्छ ।जसमा लुक्ला, सिमिकोट, जोमसोम, डोल्पा, मुगु, बाजूरा ,हुम्ला, जुम्ला ,लामीडाँडा  र ताप्लेजुङ लगायतका दुर्गम पहाडी भेग रहेका छन्।
ताराले हाल ४ वटा ट्विनअटर मार्फत उडान भर्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)