शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र उधोगलाई कोभिड १९ बाट अतिप्रभावित क्षेत्रमा  समावेश गर्न चलचित्र निर्माता संघको माग


  • माउन्टेन खबर
  • बिहिबार, साउन १, २०७७
  • 1.7K
    SHARES

काठमाण्डौं।चलचित्र उधोगलाई अतिप्रभावित क्षेत्रमा  समावेश गर्न चलचित्र निर्माता संघले माग गरेको छ।

कोभिड १९ ले निम्त्याएको बिषम परिस्थितीले सिंगो राष्ट्र संकटमा छ त्यसमध्ये अति सम्वेदनशिल तथा अतिप्रभावित उधोगमा नेपाल चलचित्र उधोगपनि हो भन्दै चलचित्र निर्माता संघले निर्माण, बितरण, प्रदर्शन, निर्देशक, कलाकार, प्राविधिक, गीत-संगीत, स्रस्ठा, सर्जक, द्वोन्द, नृत्य लगायतका  विधाको योगदानले टिकेको यो चलचित्र उद्योग लाई चलयमान बनाउन सहुलियत पूर्ण बैंकिंग कर्जा, बैंकिंग कर्जा पुनर्तालिका, लकाडाउन अवधीभरको ब्याजमा ५०% छुट, पुराना कर्जाको समयवधि-लकडाउन पूर्णरुपमा खुलेपछि कम्तिमा ६ महिना थप गर्ने माग गरेको छ।

आगामी मौद्रिक नीति मार्फत मनोरन्जनत्मक GIDITAL प्लेटफम संचालनमा सहज हुने गरी National-International money गेटवेको सहजी करण गर्ने, बैंकका ग्राहकहरु लाई Devit नै सहि VISA CARD उपलब्ध गराइयोस, चलचित्रलाई ५०% प्रोजेक्ट बैंक कर्जा उपलब्ध गराउन संघले माग गरेको छ।

नेपाल चलचित्र निर्माता संघका अघ्यक्ष आकाश अधिकारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले   नेपाल राष्ट्र बैंक का गभर्नर महाप्रसाद अधिकारीलाई भेटि चलचित्र क्षेत्रको समस्यालाई आगामी मौद्रिक नीति मार्फत सम्बोधन गर्न घ्यानाकर्षण गरायो।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)