काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक एक विदेशी नागरिकको मृत्यु भएको छ । काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत् एक चिनियाँ नागरिकको कोरोनाबाट मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा. रोहित पौडेलका अनुसार मंगलबार साँझ अस्पतालमा भर्ना भएकी ५८ वर्षीया चिनियाँ नागरिक महिलाको कोरोना संक्रमणबाट बुधबार बिहान मृत्यु भएको छ ।
‘उहाँ हिजो बेलुका अस्पताल भर्ना हुनुभएको थियो आज बिहान उहाँको मृत्यु भयो निर्देशक डा. रोहित पौडेल जानकारी दिनु भयो।
ग्रान्डी अस्पतालबाट टिचिङमा ‘रिफर’ गरिएको सो महिलामा ग्रान्डी अस्पतालमै हुँदा संक्रमण पुष्टि भएको थियो। ।मृतक महिलाको शव अहिले अस्पतालमै राखिएको छ।
नेपालमा कोरोना संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो।
