शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

समानुपातिक सूची सच्याउन माग गर्दै सानेपामा इतर समूहको धर्ना


  • माउन्टेन खबर
  • बुधबार, अशोज १२, २०७९
  • 189
    SHARES

काठमाडौ, १२ असोज । समानुपातिक सूचीमा आफ्नो पक्षलाई बेवास्ता गरेको भन्दै नेपाली कांग्रेसको संस्थापनइतर समूह धर्नामा उत्रिएको छ। यसअघि घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत इतर समूहले सानेपास्थित पार्टी कार्यालयमा मौन धर्ना दिएको हो।

सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी निर्णय गरेको आरोप लगाउँदै शेखर कोइराला–गगन थापा पक्षका नेताहरूले टिकट वितरणमा समान अवसर पाउनुपर्ने माग राख्दै आएका छन्।

सोमबार ठमेलस्थित होटेल यात्रीमा बसेको इतर समूहको भेलाले समानुपातिकको सूची सच्याउन दबाब दिने उद्देश्यले १२ र १३ असोजका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। समानुपातिकतर्फको बन्दसूची सच्याउन र टिकट वितरणमा ४० प्रतिशत भाग खोज्दै इतर समूहका नेताहरू सानेपामा मौन धर्नामा बसेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }