बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सडक किनारमा पार्किङ गर्न माग गर्दै व्यवसायी आन्दोलनमा उत्रिए


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १५, २०७९
  • 191
    SHARES

काठमाडौं, मंसिर १५ । सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न नदिएपछि उनीहरुले आन्दोलन गरेका हु्न् । महानगरले विकल्प नदिई सडक किनारमा पार्किङ गर्न रोक लगाउनु बेठीक भएको व्यवसायीहरु बताउँछन् ।

सडक किनारमा पार्किङ गर्न नपाए आफूहरु व्यवसाय छाड्ने अवस्था आउने उनीहरुको भनाइ छ । उनीहरूले पार्किङ माग गर्दै बागबजार क्षेत्रका पसलहरुसमेत बन्द गराएका छन् ।

 

महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष भाइराम खड्कीको नेतृत्वमा करिब १५० जना व्यवसायीहरू सडकमा उत्रेर नाराबाजी समेत गरेका थिए ।

आन्दोलनका आगामी कार्यक्रम तय गर्न भोलि ११ बजे बैठक बस्ने गरी आजको विरोध कार्यक्रम समापन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }