शुक्रबार, बैशाख २१, २०८१

चिप्ले बोली (लघु कथा)


  • राम लामा अविनाशी
  • सोमवार, मंसिर १९, २०७९
  • 425
    SHARES

चिप्ले बोली

पुष्करको मिठो बोलिको प्रभावले समाज एकोहोरो बनेको थियो । देश खाई शेष बनेका मान्छे हर्केले भने यस्तो स्वभावका मान्छेबाट धोका खाइसकेका थिए । आफ्नो कर्तुत लुकाउँन या थाहा पाउनेले सिधा विरोध गर्न नसकुन भनि त्यस्ता मान्छेहरू मिठो र नरम बोलि बोल्ने गर्छन् भन्ने उनलाई लाग्थ्यो ।

हर्केलाई पुष्करको स्वभाव भित्र पनि त्यस्तै कुरा लुकेको हुनुपर्छ जस्तो लाग्थ्यो । यो कुरा समाजमा जिम्वाल लागायत अरू एकदुइ जना बुझ्रुकहरूलाई भने पनि ।तर कसैले पत्याएनन् । जिम्वाल गाउँका धनाढ्य थिए । कमिज सुर्वालमा ठाट्टिएर घोडा चडेर हिड्थे । सबैले नमस्कार गर्थे । तर पचास बर्ष कटिसक्दा पनि सन्तानका पिता बन्न सकेका थिएनन् तर अचानक आफ्नी पत्नी गर्भवति भएको थाहा भयो ।गाउँ भरि हर्सोल्लास भयो । अन्तत छोरा जन्मियो ।

भगवानको नाम लिदै छोराको मुख हेरे । छोराको अनुहार आफ्नो शाखा सन्तान कोहि सँग पनि मिल्दो जुल्दो थिएन । वरू काटीकुटी पुष्कर सँग मिल्थ्यो । पुष्करलाई बोलाएर गफगाफ गर्दै छोरा हेर्दैनौँ भनि सोधे । खल्तीबाट रु.एक हजारको नोट निकालेर पुष्करले बच्चाको हातमा राख्दै -“कति सुन्दर बाबुराजा जन्मे जिम्माल साब ! हजुरलाई अनगिन्ति शुभकामना।बंशज पनि धानियो ।‌” भनि हात मुसार्दै भन्यो । जिम्वाल भने उस्को अनुहार पढ्दै थिए ।

जिम्वालको त्यो एकोहोरो हेराइले आफ्नो कर्तुत थाहा भएछ भन्ने सोच्न थाल्यो पुष्करले । हुनत, यस्ले मात्र थाहा पाएर मात्र के फरक पर्छ र आखिर गाउँ समाजका कसैले पनि पत्याउँदैनन् क्यारे भनेर सोच्दै थियो त्यत्तिकैमा उस्को फोनमा मेसेजको घण्टी बज्यो । हेर्दा त जिम्वालकी पत्नीको मेसेज रहेछ । उनले लेखेकी रहिछन् कि – “त्यहाँबाट भागी हाल्नुस् ” । उ भाग्यो । अनि मात्र थाहा भयो जिम्माललाई त्यति साह्रो दर्फराउँदो स्वभावकी आफ्नी पत्नी करिब एक सालदेखि यति धेरै चेपारे र नरम किन भएकी रहिछ भनेर ।

-राम लामा अविनाशी

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }