मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पोखराका १० प्रतिशत होटल रेष्टुराँ शुक्रवारदेखि सञ्चालनमा


  • माउन्टेन खबर
  • शनिबार, साउन १७, २०७७
  • 689
    SHARES

पोखरा, १७ साउन । कोभिड–१९ विरुद्ध आवश्यक मापदण्ड बनाएर पोखराका १० प्रतिशत होटल रेष्टुराँ शुक्रवारदेखि सञ्चालनमा आएका छन् ।

कोरोनाको प्रभावले शून्य बनेको पोखराको पर्यटन क्षेत्रका होटल तथा रेष्टुराँ सञ्चालनमा आएपछि पर्यटन व्यवसायले पनि गति लिने अपेक्षा गरिएको छ । तर पोखरामा कोरोना भाइरस संक्रमण बढ्दै जाँदा व्यवसायी खासै उत्साहित छैनन् ।

लकडाउन खोलिए पनि लामो दूरीका सवारीसाधन नचलेको, हवाई यातायात बन्द रहेकाले पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड भने अझै सुनसान नै छ । यहाँका साना होटलमात्र बिहीवारदेखि सञ्चालनमा आएको पश्चिमाञ्चल होटल संघले बताएको छ ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले होटल व्यवसाय खुला गर्ने सूचना सरकारले गरे पनि अहिले नै व्यवसाय खोल्ने अवस्था नरहेको बताए ।

‘ठूला होटलहरू सिजन कुर्दै छन्,’ उनले भने, ‘अन्तरराष्ट्रिय उडानको प्रभाव कस्तो हुन्छ, त्यसको आधारमा मजदूरहरूलाई बोलाइनेछ ।’
पर्यटन व्यवसायी गणेश भट्टराईले पहिलो प्राथमिकता मानिसको स्वास्थ्य भएका हुँदा छिमेकी देश, काठमाडौं र अन्य प्रदेशको अवस्था हेरेर मात्रै ठूला होटल खोल्ने निर्णय लिइनेछ ।

पोखराका ठूला होटलमध्ये, पोखरा ग्राण्ड, सांग्रिला, फिस्टेल, टेम्पल ट्री, स्वीस इन्टरनेशनल, माउन्ट कैलाश, द यात्रा र वाराही लगायत होटल अझै खुलेका छैनन् । उनीहरू पर्ख र हेरको अवस्थामा छन् । पर्यटकीय सिजन सुरु नभएकाले केही ठूला होटल रूमहरुको स्तरोन्नतितर्फ लागेकाले सेप्टेम्बरतिर मात्र खोल्ने तयारीमा रहेका छन् ।

पोखराका केही होटलले सरकारको सूचना बमोजिमे आंशिक रूपमा कर्मचारी राखेर सञ्चालनमा ल्याएको बताएका छन् । सञ्चालित होटलहरुमा कर्मचारीलाई मास्क र पञ्जा अनिवार्य गर्दै ग्राहकको पनि ज्वरो नाप्ने र सेनिटाइजर वा हात धुने व्यवस्था मिलाइएको छ ।
पर्यटन व्यवसायी भट्टराईले अहिलेकै अवस्थामा होटल खोलेर संक्रमण निम्त्याउन नहुने धारणा राखे । उनले राज्यको स्वास्थ्य सुरक्षाको नीति स्पष्ट नभएकाले तत्काल हतार गर्ने नहुने बताए ।

अहिलेको अवस्थामा बाह्रय पर्यटकभन्दा आन्तरिक पर्यटकलाई जोड दिँदै अघि बढ्न सकिने सके पर्यटन क्षेत्र चलाएमान हुने उनको भनाइ छ । पोखरामा करिब ७ सय पर्यटकीय होटल छन् । तीमध्ये संघमा आवद्ध ४ सय पश्चिमाञ्चल होटल संघसँग आबद्ध छन् । ती होटलमा कुल ३० हजार बेड छन् ।

करिब २५ हजारभन्दा बढीले रोजगारी पाएका छन । लकडाउनले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड पूरै सुनसान छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)