बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय परिचय पत्र विवरण अब काठमाडौं महानगरको वडा वडाबाटै


  • माउन्टेन खबर
  • आइतवार, माघ ८, २०७९
  • 349
    SHARES

काठमाडौं । माघ १० गतेदेखि काठमाडौं महानगरपालिकाको वडाबाटै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन कार्य हुने भएको छ । यसअघि राष्ट्रिय सभा गृहबाट विवरण संकलन हुने गरेको थियो ।  राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले सुरुमा केही वडाबाट काम थालनी  गर्ने र एक हप्ताभित्र सबै वडामा सेवा पुर्याउने लक्ष्यसहित योजना गरिएको बताए ।

नागरिकको पहिचानलाई डिजिटल पहिचान गर्ने, व्यक्तिगत र जैविक पहिचानलाई एकीकृत गर्ने राष्ट्रिय परिचय पत्र बनाउनुको अवधारणा हो । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन २०७६, कार्यविधि २०७७ परिचय पत्रका कानुनी आधार हुन् । यसमा जनसांख्यिक र जैविक विवरण समावेश हुन्छ ।

जनसांख्यिक विवरणमा नाम थर, जन्म मिति, लिङ्ग, राष्ट्रियता, स्थायी अस्थायी ठेगाना, बुबा आमा, पति पत्नी, बाजे बज्यैको नाम थर, नागरिकता सम्बन्धी सूचना पर्छन् । यसैगरी जैविक विवरणमा दश औलाको छाप, आँखाको रङ्ग, अनुहारको फोटोलगायत विवरण पर्छन् ।

परिचय पत्रका विषयमा जानकारी दिँदै महानिर्देशक भट्टराई भन्नुहुन्छ, यसप्रकारका विवरणबाट नागरिकको वास्तविक पहिचान प्रमाणीकरण हुन्छ । सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, सामाजिक सुरक्षा, कर प्रणाली, राहदानी जस्ता सेवा यससँग आवद्ध हुने भएकोले सेवा वितरण र व्यवस्थापनमा सहज हुन्छ । हरेक व्यक्तिलाई १० अङ्कको छुट्टाछुट्टै परिचय पत्र दिइन्छ ।

विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, नागरिकताको प्रमाण पत्रमा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाण पत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण चाहिन्छ । नागरिकताको प्रमाणपत्रमा उल्लेखित भन्दा फरक स्थायी ठेगाना भएमा बसाइँ सराइ दर्ताको प्रमाणपत्र सक्कल प्रति लैजानुपर्छ । राज्य पुनःसंरचनाका कारण ठेगाना परिवर्तन भएको हकमा त्यस्तो कागजात आवश्यक पर्दैन ।

विवाहितको हकमा नागरिकताको प्रमाणपत्रमा पति वा पत्नीको नाम उल्लेख नभएमा वा फरक परेमा विवाह दर्ताको प्रमाण पत्रको सक्कल प्रति आवश्यक पर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }