बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेशमा १० प्रतिशत भन्दा बढी मन्त्री बनाउँदैनौँ : प्रधानमन्त्री


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १०, २०७९
  • 214
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा १० प्रतिशत भन्दा बढ्न मन्त्री नबनाउँने बताएका छन् । मङ्गलवार सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको प्रतिवेदनमाथि राष्ट्रियसभामा भएको छलफलमा उनले प्रदेशको मन्त्रालय संख्या घटाइने बताएका हुन् ।

धानमन्त्रीले भने, ‘मेरो नेतृत्वमा सरकार बनिसकेपछि बडो दृढताका साथ भनेका छौँ १० प्रतिशत भन्दा बढी मन्त्री बनाइने छैन, मन्त्री घटाउने छौ । एउटा मन्त्रालय घटाउँदा करोडौँ बचत हुन्छ ।’ उनले प्रदेशमा ठुलो मन्त्रिपरिषद् बनाउँदा सङ्घीयता विरोधीले प्रश्न उठाउने मौका पाएको पनि बताए ।

संविधानमा प्रदेशसभा सदस्यको २० प्रतिशतसम्म मन्त्री बनाउन सक्ने व्यवस्था छ । सोही कारण प्रदेशहरूमा मन्त्रालय थप गरिएको थियो । प्रधानमन्त्रले अहिलेका सत्ता साझेदार दलबीच मन्त्रालय घटाउने विषयमा सहमति भइसकेको भन्दा अब प्रदेशलाई अधिकार सम्पन्न बनाउने ऐनहरू जारी गर्ने र विकासका काम अघि बढाउने बताए । प्रचण्डले मन्त्रिपरिषद्का सदस्यले सङ्घीयता विरोधी अभिव्यक्ति दिएमा स्पष्टीकरण सोध्ने पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }