बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वाग्मती प्रदेशः स्थानीय विपद् व्यवस्थापन कोष स्थापनका लागि अनुदान रकम वितरण


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २४, २०७६
  • 978
    SHARES

वाग्मती प्रदेश सरकारले स्थानीय विपद् व्यवस्थापन कोष स्थापनाका लागि सबै स्थानीय तहलाई अनुदान रकम उपलब्ध गराएको छ । प्रदेश अन्तर्गत १३ जिल्लाको ११९ स्थानीय तहमा सो कोष स्थापनका लागि सम्बन्धित स्थानीय तहको बैंक खातामा अनुदान रकम पठाइसकिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गत गठित वाग्मती प्रदेश विपद् व्यवस्थापन समितिका अनुसार काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिकालाई रु २०÷२० लाख र हेटौँडा उपमहानगरपालिकालाई रु १५ लाख अनुदान रकम पठाइसकिएको छ । त्यस्तै प्रदेशको ६६ निर्वाचन क्षेत्रअन्तर्गत ४१ नगरपालिकालाई रु १२÷१२ लाख र ७४ गाउँपालिकालाई रु १०÷१० लाख अनुदान रकम उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।

सङ्घीय सरकारले दैनिक लकडाउन चालू गरिरहेकामा सुरक्षाकर्मीलाई उनीहरुको मनोबल उच्च पार्न र व्यावहारिक कार्यमा क्रियाशील तुल्याउन प्रत्येक जिल्लाको सुरक्षाकर्मीलाई रु पाँच÷पाँच लाख सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पनि पठाइएको वाग्मती प्रदेश विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)