सरकारले नेपाल राष्ट्रबैंकको गर्भनरमा लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ।सोमबारको मन्त्री परिषद् बैठकले पूर्व डेपुटी गर्भनर समेत रहेका अधिकारीलाई नियुक्त गरेको हो।
अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा गठित शिफारीस समितिले महाप्रसाद ,अधिकारी पूर्व अर्थ सचिव डा राजन खनाल र डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीको नाम मन्त्रीपरिषद्लाई शिफारिस गरेको थियो।
