मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

युराेपा लिग सेभियाले जित्याे


  • माउन्टेन खबर
  • शनिबार, भदौ ६, २०७७
  • 520
    SHARES

जर्मनी। यस वर्षकाे युराेपा लिगकाे उपाधि स्पेनी क्लब सेभियाले जितेकाे छ ।

जर्मनीकाे काेलाेन रंगशालामा शुक्रबार राति भएकाे खेलमा सेभियाले इटालियन क्लब इन्टर मिलानलाइ ३-२ ले पराजित गरेकाे थियाे । याे खेलमा दुबै तर्फ इन्टरका फरवार्ड राेमेलु लुकाकुले गाेल गरेर चर्चामा रह्याे । लुकाकुले पाँचाैं मिनेटमा टिमका लागि पेनाल्टी मार्फत पहिलाे गाेल गरेका थिए ।

तर त्यसपछि सेभियाका डी जाेङले १२ र ३३ मिनेटमा लगातार २ गाेल गरेर टिमलाइ अघि बढाएका थिए । ३५ मिनेटमा इन्टरका गाेडिनले गाेल गरेर टिमलाइ बराबरीमा ल्याएका थिए ।

पूर्वार्द्धअघि २ २ काे बराबरीमा सकिएकाे खेलमा दाेस्राे हाफ इन्टरका लागि फलदायी रहेन । सेभियाका कार्लाेसले ७४औं मिनेटमा प्रहार गरेकाे बाइसिकल किक लुकाकुलाइ लागेर गाेलपाेस्ट भित्र छिरेकाे थियाे । लुकाकुकाे यही आत्मघाती गाेलका कारण इन्टर पराजित भएकाे थियाे । त्यसपछि कुनै गाेल हुन सकेन ।

सेभियाले युराेपा लिग जितेकाे याे छैटाैं पटक हाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }