सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली साङ्गितिक बजारमा फेरी आयो ज्ञानेन्द्र गदालको गीत


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १९, २०८०
  • 394
    SHARES

लामो समयको अन्तराल पछि नेपाली साङ्गितिक बजारमा फेरी आयो ज्ञानेन्द्र गदालको गीत । नयाँबर्ष २०८० सालको कोशेली स्वरुप गीतकार ज्ञानेन्द्र गदालले एउटा सुमधुर आधुनिक गीत बजारमा ल्याएका छन्। विभिन्न मिडियाको उपस्थितिमा एउटा विशेष समारोहका बिच यही बैशाख १४ गते काठमाडौँमा उक्त “माया हुन्छ भनन” बोलको गीत युट्युब मार्फत लाइभ सार्वजनिक गरिएको हो ।

गीतकार ज्ञानेन्द्र गदालको सशक्त रचना, संगीतकार शम्भुजित बास्कोटाको बेजोड संगीत र गायक रामकृष्ण ढकालको जादुमय स्वरबाट सुसज्जित उक्त कर्णप्रीय गीतको दृश्य छायांकनमा नायिका केकी अधिकारी र रामकृष्ण ढकाल स्वयंले अभिनय गरेका छन्।

गीतको उत्पादन, वितरण र बजार व्यवस्थापन म्युजिक नेपालले गरेको छ।

भिडियो हेर्न यहाँँ क्लिक गर्नु होस् :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)