बिहिबार, बैशाख २७, २०८१

एकदिवसीय विश्वकप छनोटका लागि नेपाली क्रिकेट टिमको प्रारम्भिक टोलीको घोषणा


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ८, २०८०
  • 152
    SHARES

फाईल फोटो

काठमाडौँ । यसै वर्ष जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि नेपाली क्रिकेट टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।

जिम्बाब्वेमा जुन १८ देखि जुलाई ९ सम्म हुने छनोटका लागि सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो ।

छनोटमा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै जिम्बाब्वे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्ड्स छन् ।

यस्तै, समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । यद्यपि, हालसम्म प्रतियोगिताको खेल तालिका भने सार्वजनिक भएको छैन ।

नेपालको प्रारम्भिक टोलीः
कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम)ढकाल, अविनाश बोहरा ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }