शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सन्दीप लामिछानेले दुई विकेट लिएपनि उहाँको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिगमा पराजित


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ११, २०७७
  • 560
    SHARES

काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उहाँको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिनुभएको हो ।

सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्ससित ३६ रनले पराजित भएको छ । उक्त खेलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चिनुभयो । प्रारम्भमा ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १४८ रन बनायो । उसका लागि केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन बनाउनुभयो । बर्बाडोसले मध्यम योगफल तयार पारेको थियो । मिसेल सेन्टनरले २० रन बनाए पनि अरु खेलाडीको प्रर्दशन उल्लेख्य रहेन । जमैकाका लागि मुजिद उर रहमानले ३ तथा फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक एक विकेट लिए ।

एक सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर मात्र ११२ रन बनाउन सक्यो । जमैकाका लागि नक्रमा बोनरले सर्वाधिक ३१ रन बनाए । आजको खेलमा सन्दीपले पनि ब्याटिङ गरेका थिए । उनले ६ बल खेल्दै ४ रन बनाई अविजित रहे । जमैकाले हालसम्म खेलेको ५ खेलमध्ये २ मा जित तथा तीनमा हार बेहोर्दै ४ अङ्क जोडेको छ । जमैका अङ्क तालिकाको पाँचौ स्थानमा छ । आजको खेलमा विजयी भएको बार्बाडोस ४ अङ्कसहित रनरेटका आधारमा तेस्रो स्थानमा उक्लिएको छ । उसले ५ खेलमा दुईमा जित तथा तीन खेलमा हार बेहोरेको छ । सन्दीप सम्मिलित जमैकाले आफ्नो छैटौँ खेल भदौ १४ गते खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)