शुक्रबार, बैशाख २१, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री खाँणको बयान आज लिइँदै


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १९, २०८०
  • 79
    SHARES

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री खाँणको बयान आज लिइँदै छ। याे प्रकरणमा पक्राउ परेकामध्ये अब ३ जनाले मात्रै बयान दिन बाँकी रहेको छ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीवार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी छ।

पूर्व गृहमन्त्री खाँणसहित बाँकीको बयान शुक्रवार लिइँदैछ।

बिहीवार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ३ जनाको बयान भएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्व उपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको थियो ।

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो । प्रकरणका आरोपितमध्ये बिहीवारसम्म १५ प्रतिवादीले बयान दिइसकेका छन् ।

प्रकरणका आरोपितमध्ये १७ पक्राउ परेका छन् भने १३ अझै फरार रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }