शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले दिए राजीनामा


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १६, २०८०
  • 302
    SHARES

फाइल फोटो

विराटनगर । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएका छन् ।

सरकार गठनका लागि दाबी गर्न आवश्यक संख्या नपुग्ने भएपछि मंगलबार दिउँसो कोशी प्रदेशसभाका सभामुख गौतमले सभामुख पदबाट राजीनामा दिएका हुन् । सभामुख गौतमले इमेलमार्फत उपसभामुखलाई राजीनामा पठाएका हुन् ।

सभामुखबाट गौतमले राजीनामा दिएसँगै कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने भएका छन् । त्यसका लागि चारवटै दलका प्रदेशसभा सदस्यहरूको हस्ताक्षर गराइएको छ ।

यसअघि सभामुख गौतमले कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा हस्ताक्षर गरेपछि विवाद भएको थियो । सभामुखले कानुनी रूपमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा समर्थन गर्न नमिल्ने भन्दै एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्चले मुख्यमन्त्री थापाको नियुक्ति बदर गर्दै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुख खापुङका नाममा परमादेश जारी गरेको थियो । त्यसपछि प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी पेस गर्न मंगलबार साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए । उक्त समयसीमा आज साँझ ५ बजेपछि सकिँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)