बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना भाइरसबाट नेपालमा थप ५ जनाको मृत्यु,संक्रमितको संख्या ५० हजार नाघ्यो


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २५, २०७७
  • 301
    SHARES

काठमाण्डौ,२५ भदौ। कोरोना भाइरस (कोभिड—१९) बाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ४ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै एकमहिला सहित ३ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा ५५ वर्षिया महिला, ५९ र ८३ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै चितवनमा ६२ वर्षिय पुरुष र कपिलवस्तुमा २९ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ । आज थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको हो । आज ११ हजार १ सय ४४ वटा पीसीआर परीक्षण भएको छ । काठमाडौंमा मात्रै आज ४ सय ९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ जना रहेको छ । प्रदेश नम्बर १ मा ४ सय ७२, प्रदेश नम्बर २ मा ४ सय २५, बागमती प्रदेशमा ४ हजार ५ सय ३९ र गण्डकी प्रदेशमा ७ सय ५३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४५, कर्णाली प्रदेशमा २ सय ७२ र सुदूरपश्चिम प्रदेशमा ५ सय ४ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार १० जना रहेका छन ।

यस्तै होम आइसालेसनमा प्रदेश नम्बर १ मा ८ सय ७४, प्रदेश नम्बर २ मा २ हजार १ सय ४५, बागमती प्रदेशमा २ हजार ४ सय ५७ र गण्डकी प्रदेशमा १ सय जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ३, कर्णाली प्रदेशमा ९० र सुदूरपश्चिम प्रदेशमा १ सय ६९ गरी देशभरी ६ हजार ४ सय ३८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । आज आइसियुमा १ सय ६५ जना भेन्टिलेटरमा २१ जना संक्रमित उपचाररत रहेका छन ।

आज १ हजार ८ सय १८ जा संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा ३ हजार २ सय १८, प्रदेश नम्बर २ मा १० हजार १ सय ५२, बागमती प्रदेशमा ६ हजार ७ र गण्डकी प्रदेशमा २ हजार ७७ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार १ सय ३३, कर्णाली प्रदेशमा २ हजार ४ सय २४ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ८९ जना गरी आजसम्म ३५ हजार ७ सय जना संक्रमित निको भएर घर फर्किएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)