बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निजामती कर्मचारी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ २६, २०७७
  • 561
    SHARES

काठमाण्डौ,२६ भदौ।   निजामती कर्मचारी अस्पतालका स्वास्थ्यकर्मीहरु सरकारी कर्मचारी सरहको सेवा सुविधा उपलब्ध नभएको भन्दै आन्दोलित भइरहेका छन् ।

सरकारद्धारा सञ्चालित सरकारकै निकायको रुपमा स्थापित अस्पतालका अधिकांश कर्मचारी करारमा रहेको र सेवा सुविधा पनि लामो समय देखि न्यून रहेको भन्दै स्वास्थ्यकर्मी र कर्मचारीहरुले दैनिक विरोध प्रदर्शन गर्दै आएका छन् ।

निजामति कर्मचारी अस्पताल विकास समितिको अध्यक्ष बहालवाला मुख्यसचिव र सञ्चालकहरुमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव रहने व्यवस्था छ ।

स्वास्थ्यकर्मीहरुले सरकारको उच्च पदस्थ व्यक्तिहरु सञ्चालक रहने अस्पतालका कर्मचारीहरुले सरकारी सेवा सुविधा नपाउने अवस्था रहनु न्यायोचित नभएको बताउँदै आएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)