बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाबाट आज १४ जनको मृत्यु ,१२ सय १ नयाँ संक्रमित थपिए


  • माउन्टेन खबर
  • शनिबार, भदौ २७, २०७७
  • 341
    SHARES

काठमाडौं,२७ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) थप १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज महिला ३ र पुरुष ११ जनाको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा तीन, भक्तपुर र रुपन्देहीमा २—२ जनाको मृत्यु भएको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ७६ वर्षिया महिला, ५१ र ५४ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७२ र ३८ वर्षिय तथा रुपन्देहीमा ६० र ४० वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी सुनसरीमा ४३ वर्षिय पुरुष, चितवनमा ६१ वर्षिय पुरुष, तनहुँमा ७६ वर्षिया महिला, पर्सामा ७८ वर्षिया महिला, गोरखामा ४५ वर्षिय पुरुष, स्याङ्जामा ८५ वर्षिय पुरुष र कास्कीमा ५१ वर्षिय पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो ।

आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३६ जना पुगेको छ ।

आज १२ सय १ जना नयाँ संक्रमित थपिएका छन । १० हजार १ सय ७६ पीसीआर परीक्षण भएकोमा महिला ४ सय १६ र पुरुष ८ सय ७५ जनामा कोरोना संक्रमण देखिएको हो । काठामाडौंमा ३ सय ७७, ललितपुरमा ३७ र भक्तपुरमा १६ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० जना रहेकोमा संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ३२, प्रदेश नम्बर २ मा ८ सय ५७, बागमती प्रदेशमा ५ हजार १ सय ४६ र गण्डकी प्रदेशमा ८ सय ३० जना संक्रमित उपचाररत छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ६३, कर्णाली प्रदेशमा २ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ४ सय २० गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार १ सय ७ जना उपचाररत रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३३, प्रदेश नम्बर २ मा १ हजार ५ सय ४५, बागमती प्रदेशमा २ हजार ५ सय १७ र गण्डकी प्रदेशमा ७६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ५४, कर्णाली प्रदेशमा १ सय २ र सुदूरपश्चिम प्रदेशमा२ सय २६ जना गरी देशभरी ६ हजार १ सय ५३ जना होम आइसोलेसनमा रहेका छन । यस्तै आज आइसियुमा १ सय ६० र भेन्टिलेटरमा २४ जना संक्रमित उपचाररत रहेका छन ।

आज ८ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ३ सय ९०, प्रदेश नम्बर २ मा १० हजार ५ सय २३, बागमती प्रदेशमा ६ हजार ८ सय २० र गण्डकी प्रदेशमा २ हजार १ सय ९९ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ३ सय १२, कर्णाली प्रदेशमा २ हजार ४ सय ८४ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ७ सय ९६ जना गरी आजसम्म ३७ हजार ५ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन ।

((

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)